Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख १२ गते ।

महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् ।

गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको मेयर मण्डलले भने, ३ घण्टादेखि आगो निभाउने प्रयास गरिरहेका छौं तर सफल भएका छैनौँ ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेको मेयर मण्डलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!