Skip to main content

समाजिक फीड,
जनकपुरधाम , वैशाख ११ गते।

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको तथा तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी नापिएको छ।

जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८४ डिग्री सेल्सियस मापन भएको पनि मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छ।

सोमबार दिउँसोको तथ्यांकअनुसार भैरहवामा ४०।९ र सिमरामा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

आगामी चार दिनसम्म धनुषादेखि कञ्चनपुरसम्म अत्याधिक गर्मी हुने भएकाले तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

अत्याधिक गर्मी बढेपछि केही दिनयता तराईको जनजीवन प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *