सामाजिक फीड-
जनकपुरधाम, वैशाख ११ गते ।
धनुषामा मोटरसाइकल दुर्घटनामा हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका २८ वर्षीय पत्रकार यादवको आज बिहान करिब ६ बजे मृत्यु भएको हो ।
यादवले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल आज बिहान ३ः५० बजे जनकपुर ढल्केवर सडक खण्डको मिथिला नगरपालिका ६ स्थित सडक छेउको रेलिंगमा ठोक्किएर दुर्घना भएको धनुषाका प्रहरी प्रवक्ता बडिएसपी रञ्जन अवाले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी रेडियो धनुषाधामका संचालक तथा इन्यूज ब्यूरोका कार्यकारी सम्पादक थिए ।
मोटरसाइकलमा पछाडि सबार पत्रकार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ ।