सामाजिक फीड-
जनकपुरधाम, वैशाख १० गते ।
धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर छन् ।
धनुषा प्रहरीका अनुसार सोमबाबर दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा उनको शव फेला परेको हो ।
आगलागी हुँदा प्रहरी र वारुणयन्त्रको सहयोगमा नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।