Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

महोत्तरी, १० वैशाख । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बा. प्र. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारका लागि जनसेवा अस्पताल बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!