सामाजिक फीड-
जनकपुरधाम, वैशाख १० गते ।
धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकी श्रीमान् धनुषाको शहिदनगर नगरपालिका– ७ नेमुवा टोलका ५५ वर्षीय सुदिप ठाकुर सोनार र जेठाजु ६० वर्षीय उदित ठाकुर सोना रहेको धनुषा जनाएको छ ।
दुबैजनालाई प्रहरीले घटनाको ६ महिनापछि आइतबार बिहान पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत कार्तिक १० गते ४५ वर्षीया रेखादेवी ठाकुर र श्रीमान् ५५ वर्षीय सुदिपबीच बिबाद भएको थियो । आवेशमा श्रीमान सुदिपले बन्चरोको पछाडीको भागले १ बन्चरो टाउकोमा प्रहार गरेपछि श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको भोलिपल्ट श्रीमानले आफ्नै घरभित्र ५.५ फिट जती गहिरो खाल्डो खनी शवलाई खाल्डोमा पुरी घटनाको बारेमा आफ्नै सहोदर दाजु उदित ठाकुरलाई जानकारी गराई सो पश्चात दुवै दाजु–भाइसँगै फरार थिए ।