Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, वैशाख ९ गते ।

पर्साबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दाबासिनी गाउँपालिका–३ का ४३ वर्षीय अजयकुमार साह छन् ।

उनीहरुलाई स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसप कुमार विक्रम थापाले जानकारी दिए ।

वीरगञ्जको रुङटा कम्प्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

अर्जुनले झोलाभित्र स्रोत नखुलेको रकम बोकेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उक्त रकमसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनाविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐनको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!