Skip to main content

सामाजिक फीड,

झापा, ७ वैशाख । झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अर्जुनधारा नगरपालिका–११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको जनाइएको छ।

तामाङले किशोरीलाई सोही नगरपालिका–११ सालबारीस्थित होटलमा बुधबार बलात्कार गरेको उजुरी परेपछि सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *