सामाजिक फीड
जनकपुरधाम , बैशाख ७ गते ।
इजरायलले इरानका केही सहरमा मिसाइल हमला गरेको छ ।
शुक्रबार बिहानै भएको हमलामा इरानका केही परमाणु प्लानमाथि पनि निशाना लगाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इरानको सरकारी न्युज एजेन्सीलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार इरानको इसाफहान शहरको एयरपोर्टमा पनि विस्फोटनको आवाज सुनिएको छ । यो शहरमा धेरैवटा न्क्लियर प्लान्टहरु रहेका छन् ।
इरानको सबैभन्दा ठूलो युरेनियम परियोजना पनि यही सहरमा रहेको छ ।
विस्फोटनका घटनापछि इरानका कतिपय शहरमा विमान सेवा अवरुद्ध गरिएका छन् । कतिपय विमानहरु इसाफहानबाट ‘डाइभर्ट’ गरिएको छ ।
इजरायलले इरानमाथि प्रतिरक्षात्मक आक्रमण गरेको जनाएको छ । गत अप्रिल १३ को मध्यरातमा इजरायलमाथि इरानले मिसाइल र ड्रोनबाट हमला गरेको थियो ।
विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन शुक्रबार विश्वबजारमा कच्चा तेलको मूल्य तीन प्रतिशत बढेको छ ।
यससँगै बजारमा तेलको अभाव खड्किन सक्ने चिन्ता प्रकट हुन थालेको छ ।
शुक्रबार एसियामा कच्चा तेलको मूल्य ३ प्रतिशतले बढेको बीबीसीले जनाएको छ । यो वृद्धिसँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल झण्डै ९० डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायल९इरान तनावसँगै मध्यपूर्वको तेल आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता छाएको छ ।
तेलजस्तै सुनको मूल्यले पनि नयाँ कीर्तिमान छोएर प्रति औंस २४ सय डलर पुगेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।