Skip to main content

राजविराज, वैशाख ६ गते ।

कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको छ । 

छिन्नमस्ता गाउँपालिकाले माटो प्रयोगशाला राजविराजको सहकार्यमा उक्त कार्यक्रम पालिकाको सातवटै वडामा आयोजना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पहिलो चरणमा पालिकाको ७ वटै वडामा रहेको कुल कृषि योग्य जग्गाको नक्सांकन गरिने अध्यक्ष चौधरीले बताए ।

’म्यापिङ्ग गरे पश्चात जग्गाहरूको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिम लगायतको विषयबस्तुको डाटा पाउँछौँ,’ अध्यक्ष चौधरीले भने, ’कुन जग्गाको अवस्था के छ, कुन जग्गामा मल खाद्यको लागि के रणनिती बनाउनुपर्छ थाहा हुन्छ।’ 

उनले यो कार्यले संतुलित मलखाद्यको प्रयोग हुने र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *