Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

महोत्तरी, ६ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिका- १ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । बुधबार साँझ लागुपदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रुपैयाँसहित २७ वर्षीय निसाज सुनुवार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बर्दिवास र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले बा. ७७ प ५८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक निसाजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै बाराको पचरौता नगरपालिका–४ ईनर्वाबाट करिब २ सय ३० किलो गाँजासहित रौतहट फतुवा विजयपुर नगरपालिका- ४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शङ्कास्पद रूपमा ४ वटा जुटको बोरा बोकी हिँडिरहेको अवस्थामा पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही ठाउँस्थित बाटोको कलभर्ट मुनि लुकाएको गाँजा लिन बोरा लिएर आएको खुल्न आएपश्चात उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!