Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

एजेन्सी । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ ।

उनले मृत्यु भएका ती व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनेकी छन् । प्रहरीले एरिकालाई पक्राउ गरेको छ । घटना ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको हो ।

अप्रिल १६ एरिका ह्वीलचेयरमा एक वृद्ध व्यक्तिसँग बैंक पुगिन् । बुढो मानिसको अवस्था राम्रो देखिएन र उनको टाउको लगातार कुर्सीमा झुकेको थियो। महिला बारम्बार आफ्नो हातले उनको टाउको सीधा गर्न खोज्दै गरेको देखिएको छ ।
यसपछि एरिकाले वृद्धको हातमा कलम राख्ने प्रयास गरिन् । उनले बारम्बार कागजमा हस्ताक्षर गर्न आग्रह गरिरहेकी थिइन् । सेक्युरिटी क्यामेरामा रेकर्ड भएको भिडियो अनुसार एरिका भन्छिन्, ‘अंकल, तपाईंले सुनिरहनु भएको छ। तपाईंले कागजमा हस्ताक्षर गर्नुपर्छ । नत्र हामीले ऋण पाउन सक्नेछैनौँ । म तपाईंको ठाउँमा हस्ताक्षर गर्न सक्दिनँ ।’

ती महिलाले थप भनिन्, ‘अंकल, कृपया कागजातमा हस्ताक्षर गर्नुहोस् ताकि हामीले थप कष्ट भोग्नु पर्दैन । हामी यो अब सहन सक्दैनौँ ।’ वृद्धको कुनै प्रतिक्रिया नआएपछि बैंकका कर्मचारीले शंका गरेको बताइएको छ । त्यसपछि उनीहरूले ति व्यक्तिलाई लैजान आग्रह गरेका थिए । बैंकका कर्मचारीको आग्रह ती महिलाले नमानेपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए ।

घटनाको अनुसन्धानपछि प्रहरीले वृद्धलाई मृत घोषणा गरी एरिकालाई पक्राउ गरेको थियो । प्रहरीले वृद्धको मृत्यु केही घण्टा अघि नै भएको र एरिकालाई यो पहिले नै थाहा भएको बताएको छ ।

प्रहरीका अनुसार एरिका मृतकको शव लिएर बैंक पुगेकी थिइन्, जसले गर्दा त्यहाँका अधिकारीले वृद्धको कमजोर अवस्थालाई ध्यानमा राखेर छिटो ऋण स्वीकृत गरुन् । तर, एरिकाका वकिलले वृद्धको मृत्यु बैंकमै भएको दाबी गरेकी छन् ।

अहिले प्रहरीले एरिका र मृतक पुरुषको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!