Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख ६ गते ।

जलिरहेको अवस्थामा जनकपुरबाट एक महिलाको शव बरामद भएको छ ।

बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको खेतमा महिलाको शव जलिरहेको स्थानीयले देखेका थिए ।

मृतक महिला महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतोको रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमै एकजना शिशु समेत घाइते अवस्थामा फेला परेका थिए । स्थानीयले ती शिशुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए । तर उपचारको क्रममा राति नै ती शिशुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ ।

घटनास्थलमा भेटिएका शिशु समेत प्रियंकाकै रहेको वा नरहेको समेत खुल्न बाँकी रहकेो डिएसपी अवाले बताए । पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै यी कुराहरु खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!