सामाजिक फीड
जनकपुरधाम, बैशाख ६ गते ।
भारतबाट गैरकानुनी तरिकाबाट ल्याएको एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद गरेको छ ।
शहिदनगर नगरपालिका २ तीनकोरिया वीरेन्द्रबजारबाट न. ८ ख ६३०० नम्बरको ट्रकसहित प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कागजपत्र शंकास्पद देखिएपछि प्याजसहित ट्रक नियन्त्रणमा लिइएको हो । प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।
यस्तै सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो मुसहरनिया गाउँपालिका ६ स्थित मरघटियाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको हो ।
मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाइकलको १ लाख मूल्य कायम गरी कारबाहिको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।