१४ गते कार्तिक, जनकपुरधाम। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भैरहवामा नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआ)बाट अब अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्ने निर्णय गरेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने गरेको थियो ।देशको स्वतन्त्र नागरिक उड्डयन नियामक निकायले जीबीआईएलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन पहल गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए ।
वैशाख १ गतेदेखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा आएको हो । तर, कूटनीतिक चार्टर्ड उडान र कार्गो एयरलाइन्स र सेनाका उडानहरु भने टिआइएमा निरन्तर सञ्चालनमा रहेको उनले बताए । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक तीन उडानमा एउटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । शीतकालीन उडान तालिका अनुसार GBIA अक्टोबर ३० देखि सञ्चालनमा आएको छ।
