Samajik Feed – News Portal from Nepal

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) ले आइतबार लोकसभा चुनावका लागि आफ्नो घोषणापत्र जारी गरेको छ । यसलाई मोदीको ग्यारेन्टी नाम दिइएको छ । दिल्लीस्थित भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरू उपस्थित थिए । प्रधानमन्त्रीले विभिन्न वर्ग र क्षेत्रका मानिसहरूलाई मञ्चमा बोलाएर संकल्प पत्रको पहिलो प्रतिलिपि हस्तान्तरण गरेका थिए । त्यस्तै विगत १० वर्षका बाचा र तिनको परिणामको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

प्रधानमन्त्री मोदीले २५ जनवरी २०२४ मा चुनावी घोषणापत्रका लागि जनतासँग सुझाव मागेका थिए। त्यसपछि पार्टीलाई १५ लाखभन्दा बढी सुझाव प्राप्त भएको थियो । रिपोर्टका अनुसार पार्टीलाई ४ लाख मानिसले नमो एप र ११ लाखले भिडियोमार्फत् आफ्नो सुझाव दिएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार बीजेपीको घोषणापत्रको विषयवस्तु मोदीको ग्यारेन्टी विकसित भारत २०२५ मा भारतको अर्थतन्त्र ५ ट्रिलियन बनाउने घोषणा गरिएको छ । २.५ करोड घर बनाउने लगायतका बचन पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!