सामाजिक फीड,
जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा सिरहाको गोलबजार नगरपालिका–६ का ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो । बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित पुरनदाहाबाट धारापानीतर्फ जाँदै गरेको ना. ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जनाएका छन् । टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।