Samajik Feed – News Portal from Nepal

११ कार्तिक, जनकपुरधाम। हिजो बिहिबारको दिनमहोत्तरी को भंगहा नगरपालिका ८ पररिया मा दुई पक्ष बीच झडप भएको थियो। पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

आज शुक्रबार बिहान झडपको स्थिति हेर्दा प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यु जारि गरिएको थियो। यो गम्भीर घटनाको छानबिन र घटना बारे छलफल गर्नका लागि आज सम्बन्धित निकायहरु बैठक बसिएको थियो। बैठकमा ८ बुँदे सहमतिको निस्कर्ष निकालिएको छ। घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उचित छानबिन पछी दोषी सबैलाई कानुनी प्रक्रिया बाट दण्डित गरिने निर्णय भएको छ।

Pic credit :- Online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *