सामाजिक फीड
जनकपुरधाम, चैत्र २७ गते ।
हातहतियार सहित वन्यजन्तु चोरी सिकारी मुद्दामा पर्सा राष्ट्रिय निकुञ्जले मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमादे जयसवालले सफाइ पाएका छन् ।
मन्त्री जैसवालका भाई समेत रहेका गाउँपालिका पूर्वअध्यक्ष र अर्का एकजना प्रदेश सांसदले समेत उक्त मुद्दामा सफाइ पाएका छन् ।
अन्य प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय सुनाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको एकल इजलासले बागमती प्रदेशका सांसद श्याम बहादुर खड्का, मधेस प्रदेशका शिक्षामन्त्री जैसवाल र उनका भाइ प्रदीप जैसवाललाई सफाइ दिएको हो ।
प्रदीप जैसवाल पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।
४८ जना प्रतिवादी भएको सो मुद्दामा निकुञ्जले २ जना प्रदेश सांसद र पूर्व गाउँपालिका अध्यक्षलाई सफाइ दिएको छ । निकुञ्ज प्रशासनले २०८० पुस १७ गते गुपचुप रुपमा सो फैसला गरेको स्रोतले जनाएको छ ।
पर्सा निकुञ्जभित्र हातहतियार र बन्दोबस्तीको सामानसहित गाडीको प्रयोग गरेर मध्यरातमा वन्यजन्तुको चोरी सिकारी भएको सो मुद्दामा तत्कालीन समयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआइबी०ले समेत अनुसन्धान गरेको थियो ।
२०७९ पुस ४ गते राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट २ लाख ९० हजार ६७० नगद, ल्याण्डक्रुजर र बोलेरो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको गोली राउन्ड १, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाइट भिजन क्यामेरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कम्पार्टमेन्ट, टर्च लाइट, मोबाइल (आईफोन) ३ थान, मदिरा र अन्य कागजपत्रसहित ५ जनालाई मध्यरातमा नियन्त्रणमा लिएको थियो ।
सो घटनामा निकुञ्जका सेना र वन्यजन्तु सिकारीबिच रातभर दोहोरो झडपसमेत भएको थियो । झडपको क्रममा वन्यजन्तु सिकारीहरू भागेर प्रदेश सांसद प्रमोदकुमार जैसवालको फार्म हाउसमा लुकेका थिए । पछि उनको फार्म हाउसमा तलासी लिने क्रममा मारेर राखेको जरायो, नगद रकम र अन्य बन्दोबस्तीको सामान सेनाले बरामद गरेको थियो ।