सामाजिक फीड
जनकपुरधाम, चैत्र २६ गते ।
जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विश्वकर्मा चौकमा डेरा लिई बस्ने महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय युवक प्रिन्सकुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले युवकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरी सोधपुछ भइरहेको जानकारी दिए ।
उनका अनुसार मृतक र पक्राउ परेकाहरु लागुऔषधको सेवनकर्ता रहेको पाइएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।