Skip to main content

सामाजिक फीड
जनकपुरधाम, चैत्र २५ गते ।

बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ५ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने वर्ष ४२ को राज कुमार दाहाल र दोलखा घर भइ हाल कपन बस्ने कृष्णप्रसाद दाहाल रहेका छन्।

उनीहरूले पीडितहरूबाट रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत आज ९२५ गते० पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

पक्राउ परेका राज कुमार दाहालले कम्बोडिया पठाउने भन्दै २ लाख रुपैयाँ लिएको विष्णु थापाले जाहेरी दिएका छन्।

यसैगरी इनाइन्स कन्सलट्रेन्सी संचालका कृष्ण प्रसाद दाहालले युके पठाइदिने भनी १० लाख ९५ हजार रुपैयाँ लिएको नन्द राईले जाहेरी दिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *