११ कार्तिक, जनकपुरधाम। तिहार, नेपाल संवत् र छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारेको छ। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्वमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

उपाध्यायले उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई केन्द्रमा राखेर सुरक्षा रणनीतिलाई पूर्णरुपमा कार्यान्वयन गरेको बताए ।
त्यस्तै राति १० बजेसम्म उपत्यकाभित्र देउसी–भैलो कार्यक्रम गर्न सकिने उपाध्यायले जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालयले कात्तिक २१ गते सार्वजनिक सूचनामार्फत तिहारमा राति ९ बजेसम्म मात्र देउसी–भैलो कार्यक्रम गर्न सकिने जनाएको थियो ।