Samajik Feed – News Portal from Nepal

११ कार्तिक, जनकपुरधाम। छठ पर्व नजिकिएसँगै मधेस प्रदेशमा माटोका भाँडाको माग बढेको छ । घरेलु माटोका भाँडासँगै भारतमा उत्पादन हुने चाडपर्वका लागि आवश्यक पर्ने अन्य सामग्री पनि नेपाली बजारमा प्रवेश गरिरहेको छ ।

भारतबाट आएका माटाका भाँडा सीमावर्ती सहरमा बिक्री हुने गरेको भए पनि आन्तरिक बजारमा उत्पादन हुने भाँडा बढी बिक्री हुने गरेको छ । धनुषाका जनकपुरधाम, महेन्द्रनगर सखुवा, ढल्केबर, बटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, शहिदनगरको मुख्य चोक, हटियालगायत धनुषाका प्रमुख बजारमा माटोका भाँडाको बिक्री बढेको छ ।

बजारमा माटोका भाँडाको माग बढेसँगै कुमाले अर्डर पूरा गर्न व्यस्त भएका छन् । परम्परागत रूपमा माटोका भाँडाहरू विभिन्न पूजाआजामा प्रयोग हुने भएकाले चाडपर्वमा माटोका भाँडाको माग बढी हुने गरेको छ र विशेषगरी छठमा ताजा माटोका भाँडाहरू प्रयोग गर्नु शुभ मानिन्छ।
पुस्तादेखि माटोका भाँडा बनाउने व्यवसाय गर्दै आएका क्षीरेश्वरनाथ नगरपालिकाको हरैयाका माटोका भाँडा व्यवसायी विष्णुलाल पण्डित चाडपर्वमा स्थानीय माटोका सामानको बिक्री बढेपछि खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *