सिड्नी, २४ चैत । एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाब फेरेको भन्दै जरिवाना गरिएको छ ।
आफ्नो उडान सिडनी आइपुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती व्यक्तिलाई जरिवाना गरिएको हो ।
‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टापछि भएको हो,’ अधिकारीहरूले शुक्रबार भने । उनका अनुसार सिड्नीको अदालतले फेब्रुअरीमा आक्रामक व्यवहारको लागि ५३ वर्षीय ६०० अष्ट्रेलियन डलर जरिवाना गराएको हो ।
घटना शुक्रबार मात्रै सार्वजनिक भएको थियो । न्यूजील्याण्ड समाचार वेबसाइट स्टफले यो घटनाका बारेमा लेखेपछि बल्ल मानिसहरूले सार्वजनिक रूपमा थाहा पाएका थिए । सो वेभसाइटका अनुसार उनीसँगै बसेकी यात्री हाउलीले विमान चालक दललाई उनको यो हर्कतका बारेमा रिपोर्ट गरेकी थिइन् ।
झ्यालको सिटमा बसेको व्यक्तिले कपमा पिसाब गरेका थिए, जबकी सोही लहरको सिटमा हाउली र उनकी १५ वर्षीया छोरी पनि रहेकी थिइन् । ती अभियुक्त पुरुष यात्रुको नाम भने खुलाइएको छैन ।
हाउलीले भनिन कि विमान सडकमा करिब २० मिनेटको लागि टर्मिनल गेट छुट्याउन पर्खिएको थियो, सोही बेला ती यात्रुले कपमा पिसाब गरेको स्पष्ट आवाज सुनेकी थिइन ।
स्टफमा प्रकाशित समाचार अनुसार ती व्यक्ति एकदमै नशालु थिए र विमानबाट बाहिर निस्कँदा एक उडान परिचरमा पिसाबसमेत छरिदिएका थिए।