१० कार्तिक, जनकपुरधाम। रोल्पाको सुलिचौर बजारमा बुधबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे भएको घटनामा अन्य १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गुजाल जाँदै गरेको जिप सुलिचौर बजार नजिकै सामान बोक्न पार्किङ गरेको जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
गाडीमा १५ यात्रु बोकेर परिवारसँग तिहार मनाउन घर जाँदै थिए । घटनामा दाङ घोराही उपमहानगरपालिकाका ५० र ६० वर्षीय दुई पुरुष र ५० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।
गम्भीर घाईते भएका सात जनालाई उपचारका लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज इन्स्पेक्टर ओमप्रकाश वाग्लेले जानकारी दिए ।
रोल्पाका प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए ।