रौतहट, २३ चैत । रौतहटको वनमा भीषण आगलागी भएको छ । वन कर्मचारीको चरम लापरवाहीका कारण रौतहटको वनमा भीषण आगलागी भएको स्थानीयवासीले आरोप लगाएका छन् ।
चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको बनमा भीषण आगलागि भइरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिनेतर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको पनि स्थानीय बासिन्दाले बताएका छन् । चार दिन पहिला सो वनमा भएको आगलागीमा करिब ४० चट्टा सखुवाको दाउरा जलेर नष्ट भएको थियो ।
वनमा लागेको डडेलो वन कर्मचारीले नियन्त्रणमा लिनका लागि कुनै पनि प्रयास नगरेका कारण सो दाउरा जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । पुन: बिहीबार सो क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा सो स्थानमा घाटगद्दी गरी राखिएका अन्य काठसमेत जल्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।