Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

बारा, २३ चैत । नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा अध्यानन्द पाण्डे र टीना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक सचिव पदका लागि एम समिउल्लाह, अमृत शर्मा बजगाई (सुजन) र भिखारी साह विद्रोहीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोकुल घोरसाईनेले जानकारी दिएका हुन् ।

दुई जना उपसचिव पदका लागि खुला र महिलातर्फ गरी चार जनाको उम्मेदवारी परेको छ । जसमा जवाहिर अंसारी र धनिराम चौधरी गरी चार जनाको खुलातर्फ उम्मेदवारी परेको छ भने महिलातर्फ कमला घिमिरे र भावना आर्चायले उम्मेदवारी दिएका छन् ।

एमालेको जिल्ला कमिटी ५ पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुनेछ । जसमध्ये अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १२५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ भने बाँकी दश जनालाई मनोनित गरिने छ ।

आज शुक्रबार मतदान हुने प्रमुख निर्वाचनअधिकृत महम्मद रफिक मियाँले बताए । अधिवेशनमा १६ पालिकाबाट आठ सय ३० जना प्रतिनिधिहरू मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!