Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , चैत्र २२ गते ।

सिरहा प्रहरीले ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं। ६ का ३८ वर्षीय रामएकवाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बिहीबार बिहान करिब साढे १० बजेको समयमा गोलबजार ६ लक्ष्मी मन्दिर स्थित गिरीले आफ्नो घरमा लागूऔषध लुकाई छिपाई राखेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेका प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घर भित्र रहेको साउण्ड बक्स भित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएका छन् ।

प्रहरीले बरामद गरेको ब्राउन सुगरलाई तौल गर्दा १२.७०० मिली ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!