०८ कार्तिक, जनकपुरधाम। निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप भारतबाट भन्सार छली अवैध रूपमा रकम नेपाल तर्फ ल्याउदै गरेको एक युवकलाई प्रहरी द्वारा हिरासतमा लिईएको छ। विशेष सुचनाको अधारमा मिति २०७९/०७/०६ गते अं १६:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. २१ कुर्था स्थित YAMAHA कम्पनीको १५० सि.सि.को वन टेस्ट मोटरसाईकलमा १ जना पुरूष व्यक्ति सवार भई आई रहेको अवस्थामा शंका लागि चेक जाँच गर्दा निजले आफ्नो वतन जिल्ला महोतरी भंगहा नगरपालिका वडा नं. १ वस्ने वर्ष २१ को सुवम राज चौवे भनि वताएको छन्।

निजले बोकेको कालो रंगको व्यागमा रू १०००।– को दरले २९ बण्डल जम्मा रू. २९,००,०००।- र रू. ५००।- को दरले १९ बण्डल जम्मा रू. ९,५०,०००।- को नेपाली नोट जम्मा रू. ३८,५०,०००।– नगद नेपाली रूपैया भारतबाट अवैध रूपमा भन्सार छली गरि ल्याएको भन्ने खुलेको छ। सुवम राज चौवेलाई उल्लेखित मोटरसाईकल र बरामद भएको नगद रू. ३८,५०,०००।– सहित पक्राउ गरि यस कार्यालयमा ल्याई आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाईएको छ।