०८ कार्तिक, जनकपुरधाम। नेपालमा सोमबार कोरोनाको नयाँ भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताएअनुसार नेपालमा ओमिक्रोन एक्सबीबीको उप–भ्यारियन्ट पहिचान भएको हो ।

गत भदौ ११ देखि कात्तिक १० गतेसम्म देशका विभिन्न स्थानमा रहेका कोरोना संक्रमितको जीनोमिक सिक्वेन्सिङका क्रममा ओमिक्रोन ‘एक्सबीबी’ को उप–भ्यारियन्ट पहिचान भएको थियो । नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । यसैबीच मन्त्रालयले आग्रह गरेको छ कि तिहार, छठजस्ता चाडपर्वमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भएकाले सबैले उचित स्वास्थ्य नियमावलीको पालना गर्न, मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र नियमित रूपमा साबुनपानीले हात धुन पनि आग्रह गरेको छ ।
दैनिक औसतमा कोभिड-१९ को करिब ५० नयाँ केसहरू फेला परिरहेका छन्।