सामाजिक फीड-
जनकपुरधाम, चैत १८ गते ।
सिरहामा एसईई परीक्षा अन्तर्ग आइतबार भएको अनिवार्य गणित विषयको प्रश्न पत्र आउट गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १३ का १८ वर्षीय पप्पु कुमार सिंह छन् ।
उनलाई सुखीपुर नगरपालिका ७ स्थित रजै माध्यमिक विद्याल बलही परीक्षा केन्द्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिहरा प्रहरीका अनुसार उनले परीक्षा केन्द्र बाहिर कबिता फोटो स्टुडियोमा गई प्रश्न पत्रको उत्तर लेखी ३० प्रति फोटोकपी समेत गरी प्रश्न पत्रको गोपनियता भंग गरेका हुन् ।
त्यस्तै परीक्षा केन्द्रमा लगिएको १३१ वटा मोबाइल प्रहरीले जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटिएका परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रहरूबाट १३१ थान मोबाइल र १८ थान स्मार्ट घडी जफत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।