Skip to main content

सामाजिक फीड,

धनुषा, १८ चैत्र । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्‌।

आइतबार मन्त्री महासेठले कमला पुलसँगै हुलाकी सडकको निरीक्षणमा निस्किएका थिए । उनले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले विकल्प खोज्ने चेतावनी दिए । उनले मधेशको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण यथाशीघ्र सम्पन्न गराएर जनतालाई सास्ती भोग्नबाट मुक्त गराउने पनि प्रतिबद्धता जनाए ।

उनले धनुषाको औरहीलगायतका ठाउँमा निर्माण हुन बाँकी सडकको निरीक्षण गरे । बन्न बाँकी सडक र पुल समयमै निर्माण सम्पन्न गर्न उनले ठेकेदारलाई निर्देशन दिए ।

कमला पुल निर्माणको ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न भए पनि उद्घाटनको एक महिना अगाडि गत असार १८ गतेको बाढीले भासिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *