सामाजिक फीड,
राैतहट, १८ चैत । रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । आज बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाबीचको सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा बौधिमाई–४ इनर्वारीका २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको छ । गम्भीर घाइते पासवानको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।