Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

राैतहट, १८ चैत्र । रौतहटको नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने भएको छ । एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

अधिवेशनअघि चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सचिवालय बैठकले विभिन्न उपसमितिसमेत चयन गरेको छ । नगर अधिवेशन भव्यताका साथ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका छन् ।

प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा राजु तिवारी, आर्थिक समितिको संयोजकमा रामसिंहासन यादव, प्रचारप्रसार समितिको संयोजकमा चिरञ्जीवी गौतम, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समितिमा लालबहादुर दोङ र रामबहादुर घलान रहेका छन् ।

बैठकमा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मी, प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, जितबहादुर बिक, नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहाल र उपसचिव मुना लामिछानेलगायतको उपस्थिति थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *