सामाजिकफीड
जनकपुरधाम, चैत १६ गते ।
सिरहमा एसईईमा अमर्यादित गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् । दोश्रो दिन शुक्रबार भएको नेपाली विषयको परीक्षामा नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका ५ का १६ वर्षीय अर्जुन महरा छन् । मिर्चैयानगरपालिका १ स्थित शारदा माध्यमिक विद्यालय रामपुर बिर्ता परीक्षा केन्द्रमा जन सेवा माध्यमिक विद्यालय कर्जन्हाको सिम्बल नं ०१६०२०७३ (ई) को परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिई परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै परीक्षा केन्द्र बाहिर बसेर प्रश्नपत्रको गोपनियता भंग गरेको आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिका ५ झिझौलका १५ वर्षीय े बिकास कुमार रायलाई पक्राउ गरेको छ । घर नजिकै जनता माध्यमिक विद्यालय झिझौल कजरा परीक्षा केन्द्र बाहिर बसी मोबाईलबाट प्रश्न पत्रको गोपनियता भंग गरेको आरोपमा उनलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । उनीमाथि सिरहा जिल्ला अदालतबाट ७ दिन को म्याद लिई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट थप अनुसन्धान गरिरहेको छ ।
यस्तै परीक्षाको आचार संहिता एवं मर्यादा विपरीत कार्य गरेको आरोपमा १ जान परीक्षार्थीलाई सुरक्षार्थ खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रका परीक्षार्थीहरुको साथबाट १२१ थान मोबाईल नियन्त्रणमा लिएको छ ।
अन्य २ जना परीक्षा निरीक्षकलाई समेत जिम्मेवारीबाट हटाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।