Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १६ गते ।

मधेश प्रदेश उद्योग परिसंघको अध्यक्ष पदमा प्रमोद साह निर्विरोध चुनिएका छन् । उद्योगी, व्यवसायीहरुको संगठनको बिहीबार धनुषाको ढल्केवरमा भएको परिसंघको प्रथम साधारणसभाबाट उनी अध्यक्ष पदमा सर्वसहमति रुपमा चयन भएका हुन् । उनी स्थानीय कोमल होटलका सञ्चालकसमेत छन् ।

यस्तै सर्वसाहसहितबाटै उद्योग परिसंघको सम्पूर्ण पदाधिकारी निर्विरोध चयन भएका हुन् ।
संघीय सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा मधेश प्रदेश उद्योग परिसंघका तत्कालीन अध्यक्ष नरेश दासको अध्यक्षता साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा परिसंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवाल, मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, प्रदेश सभासदस्य हरिनारायण महतो, मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकी, वडाध्यक्ष नन्दकिशोर यादव, रामबहादुर स्याङ्गदनलगायत उद्योगी, व्यवसायीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!