०६ कार्तिक, जनकपुरधाम। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ पाँच दलका शीर्ष नेताहरु मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका थिए।
गठबन्धनमा आवद्ध दलका मधेश प्रदेश स्तरका नेताहरुको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै गरेको कांग्रेस धनुषाका अध्यक्ष योगेन्द्र पञ्जियारले जानकारी दिए।

पार्टी नेता तथा कार्यकर्ताको भेलालाई प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (संयुक्त समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताले सम्बोधन गर्ने अध्यक्ष पञ्जियारले जानकारी दिए ।