सामाजिक फीड
जनकपुरधाम, चैत्र १६ गते ।
जनकपुरधाममा आजदेखि दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको रजौल स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
पहिलो खेलमा धनुषाले टस जितेर ब्याटिङ गरिरहेको छ भने सर्लाही फिल्डीङ्ग गरिरहेको छ ।
उपमहानगरको आयोजनामा सुरु भएको प्रतियोगितामा मधेस प्रदेशको ८ वटै जिल्लाका जिल्ला स्तरीय टिम सहभागी रहेको छ ।
उपमहानगरपालिकाको अयोजनामा हुन लागेको प्रतियोगिताको संयोजन जिल्ला क्रिकेट संघ, धनुषाले गरेको छ भने सहकार्य क्रिकेट एसोसिएसन ऑफ नेपालले गरेको छ ।