Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र १६ गते ।

नेपाली बजारमा सुनको मुल्यले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसा छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मुल्य तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मुल्य प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!