Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र १६ गते ।

नेपाल विद्युत प्राधिकरणले सडक बत्ती बाले वापतको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ।

प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशन गरेर विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै यथाशिघ्र महशुल बुझाउन ताकेता गरेको हो।

प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी छ।

प्राधिकरणले बत्तीको महशुल तिर्नका लागि आवश्यक भए किस्ताबन्दीको सुविधा समेत दिन तयार रहेको जानकारी दिएको छ।
अन्यथा लाइन जुनसुकै बेला काटिनसक्ने चेतावनी प्राधिकरणले दिएको छ।

रीतपूर्वक सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महशुल समर्थन नगर्ने, महशुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विद्युत् लाइन जुनसुकै बेला काटिन सक्ने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!