Samajik Feed – News Portal from Nepal

टुडेपाटी-
जनकपुरधाम, चैत १६ गते ।

सप्तरीको सुरुंगा नगरपालिकामा अनैतिक सम्बन्धको आशंकामा देवर र भाउजूको जबर्जस्ती गाउँलेले विवाह गराएर गउँ निकाला गरिएको छ । गत सोबार देवर भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले यस्तो निर्णय गरेका हुन् ।

सुरुंगा नगरपालिकामा ७ हरिपुरका ती भाउजू र देवरलाई अनैतिक सम्बन्धको आरोप लगाएर गत मंगलबार पूर्ववडाध्यक्ष धनिकलाल साहको नेतृत्वमा पञ्चायतमा गर्दै गाउँ निकालाको निर्णय गरिएको हो । वडाध्यक्ष साहले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको स्वीकारेका छन् ।

घटना गत सोमबारको हो । देवर र भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले रातभर बाँधेर राखेका थिए । दुई छोरा र नातिनातिना रहेका महिलाका पति र दुवै छोरा रोजगारीका लागि विदेशमा छ ।

मंगलबार बिहान हरिपुरका पूर्ववडाध्यक्ष धनिकलाल साहसहित स्थानीयले गाउँमै पञ्चायती राखेर विवाह गराएर गाउँ निकालाको निर्णय गरेको थियो । सोही निर्णयअनुसार पञ्चायतीमै आरोपित पुरुषलाई भाउजू नाता पर्ने महिलाको सिउँदोमा सिन्दुर हाल्न लगाइएको थियो ।

पञ्चायती बसेकै वेला सिन्दुर हालिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ । भाउजू नाता पर्नेसँग विवाह गराई गाउँ निकाला गरिएपछि आरोपित पुरुषका श्रीमती र दुई नाबालक सन्तान बिचल्ली परेका छन् ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले घटनवारे बिहीबार मात्र थाहा पाएको बताए । अनैतिक सम्बन्धको आशंकामा गाउँलेले विवाह गराएर गाउँ निकाला गरेपछि दुबैजना सम्पर्कविहीन रहेको र घटना बारे अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!