Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १५ गते ।

सिरहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । सिरहाको सिरहा नगरपालिका २ का ४९ वर्षीय विजय यादवलाई प्रहरीले घरमा लुकाइ राखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा बुधबार अपराहन्न ४ बजे उनको घर खानतलासी गर्दा कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि सिरहा जिल्ला अदालतबाट हातहतियार मुद्दामा सात दिनको म्याद थप लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!