Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १३ गते ।

जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा साहीलाई करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!