सामाजिक फीड
जनकपुरधाम,चैत्र ११ गत ।
रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ।
बिबिसीमा उल्लेख भए अनुसार आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १३३ पुगेको हो।
रुसी अधिकारीहरूका उपनगरीय मस्को कन्सर्ट हलमा भएको उक्त आक्रमणमा संलग्न रहेको आरोपमा ४ जना बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ।
‘संलग्न व्यक्तिलाई गिरफ्तार गरेका छन् जसले कम्तिमा १ सय ३३ व्यक्तिलाई मारेका थिए र उनीहरू युक्रेनतिर लागेका थिए’ राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार राष्ट्रलाई सम्बोधन गर्ने क्रममा भने।
गोली चलेपछि भागदौड हुँदा हलभित्र छिरेकाहरू आगलागीपश्चात त्यहीँ फसेका थिए। सुरक्षानिकायले ६ घण्टा लगाएर त्यहाँको आगो निभएको थियो। रूसी मिडियाहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
आक्रमणमा परी घाइते भएका १४५ जना भन्दा बढीलाई शुक्रबार नै उद्धार गरी अस्पताल पठाइएको थियो।
इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको भने पनि हालसम्म पुष्टि नभएको बिबिसीले जनाएको छ।
इस्लामिक स्टेटले दाबी गरेको मस्को उपनगरमा भएको हिंसाले रुसको घरेलु सुरक्षा चुनौती थपेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले कुल ११ जनालाई हिरासतमा लिएको र चार बन्दुकधारीहरूलाई युक्रेनतर्फ जाँदै गर्दा पक्राउ गरिएको बताएका छन्।