सामाजिक फीड
जनकपुरधाम, चैत ११ गते ।
मिथिलाको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किदै छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्किरहेका छन् ।
आज जनकपुरधाममा बास बस्ने परिक्रमा यात्री भोलि अन्तरगृह परिक्रमा गरेपछि घर फर्कन्छन् । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने गर्दछन् ।
मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भु–भागको पद यात्रा गरिन्छ ।
मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग,दुःख,कष्ट कलेशबाट मुक्त एवं मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास छ । त्यसैले अहिले पनि हजारौ धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट श्रद्धालु तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् । खानपानसहित बन्दोबस्तीका सामानसहित श्रद्धालुहरु परिक्रमा सहभागी हुन्छन् ।
वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरन, वन्तोबस्तीका सामानसहित खास गरी पाको उमेरका नरनारीहरु सहभागिता हुने गर्छन् । भोलि परिक्रमा समापन भएपछि पर्सी मंगलबार मिथिलाञ्चल क्षेत्रमा होलि पर्व मनाइन्छ ।
फागुने औशीको दिन गत फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला विहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरु भएको थियो ।