Samajik Feed – News Portal from Nepal

एजेन्सी-
जनकपुरधाम, चैत ९ गते ।

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले उनलाई पक्राउ गरेको हो ।

बिहीबार त्यो टोलि मुख्यमन्त्रीको घरमा पुगेर दुई घन्टा लामो सोधपुछ गरेको थियो । त्यसपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!