Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ८ गते ।

सिरहाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई प्रहरीले बुधबार लहान नगरपालिका १ गोलचक्कर स्थितबाट पक्राउ गरेको हो ।

पूर्व पश्चिम राजमार्गमा प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनको साथमा स्रोत नखुलेको राकम भेटिएपछि सिरहा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनले बोकेको झोलाबाट स्रोत नखुलेको १० लाख १ हजार ६३० रुपैयाँ बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!