Samajik Feed – Nepali News Portal

ममता बैठा

जनकपुरधाम, चैत ८ गते ।

जनकपुरधाम उपमाहानगरपालिका ५ की रिपु कुमारी दास दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि छिन् । नेपालीकाँग्रेस पार्टीबाट दलित महिला वडा सदस्यमा उनी दुई पटक र्निविरोध अनुमोदित भइन् ।
तर, उनी निरक्षर छन् । जस कारण पाइलै पिच्छे समस्या भोग्नु परेको तितो अनुभनव उनको छ ।

‘मलाई सदस्यको कुनै अधिकार दिएको छैन । वडाध्यक्षले सदस्यहरुसंग कुनै मतलब राख्नु हुन्न’,उनले भनिन्,‘सबै आफ्नै मर्जिले गर्नु हुन्छ । हामीहरु संग न त छलफल गर्नु हुन्छ, न त कुनै सोधपुछ ।’

उनकाअनुसार मासिक तीन वटा नियमित बैठक हुनु पर्ने कानूनी प्रावधान छ । तर, कार्यालयमा एउटा मिटिङ्ग पनि हुँदैन । यद्यपी विकास निर्माणको काममा हस्ताक्षर गराउन मात्रै आउने गरेको उनको गुनासो छ । रिपु निरक्षर जनप्रतिनिधि भएकै कारण सबै सदस्यले हस्ताक्षर गरिसकेपछि अरुले गरेकै भरमा आफू पनि हस्ताक्षर गर्ने गरेकी बताउँछिन् ।

दलित समुदायको लागि योजनाहरु नराखिएको र आँफू पटक पटक ध्यानकष्र्ण गराउँदा वेवास्ता गरिएको उनको आरोप छ । ‘मलाई पैसाको लोभ छैन । सम्मान र अधिकार चाहिएको छ,’उनले भनिन्,‘म अनपढ र दलित महिला वडासदस्य भएकै कारण अधिकार प्रयोग गर्न नपाएको र गर्न दिएको छैन ।’

सहयोगीको भरमा हस्ताक्षर

रिपु जस्तै समस्याभोग्नु परेको छ, अर्का वडा सदस्य रामपरी देवी चमारलाई । जनकपुरधाम उपमाहानगरपालिका ४ की दलित महिला वडा सदस्य रामपरी देवी चमारलाई कुनै कागजातमा हस्ताक्षर गर्नु परे वडा कार्यालयकी कार्यालय सहयोगी निलम झासंग सोधपुछ गर्छन् । र, सहयोगी झाले उनलाई पढेर सुनाएपछि जनताको जनप्रतिनिधि रामपरीले हस्ताक्षर गर्छिन् । यद्यपी उनले बजेट बारे अनविज्ञता प्रकट गरिन् । ‘बजेट आउछ भने कुन योजनामा कति पैसा खर्च हुन्छ त्यो मलाई जानकारी हुदैन,’उनले भनिन्,‘दलितर विपन्न बस्तीको लागि योजना मागेको थिएँ । अहिले सम्म मैले प्रस्ताव गरेको योजनाहरु समावेश गरेका छैन ।’

ढाटेर कागजातमा हस्ताक्षर

जनकपुरधाम उपमाहानगरपालिका ३ की दलित महिला सदस्य सोनाबती देवी महरा पहिलो पटक नेकपाएमाले पार्टीबाट निर्वाचित भएकी छिन् । उनी निरक्षर छिन् । आफ्नो अधिकार बारे अनविज्ञ पनि छिन् । ९ महिनादेखि वडा कार्यालयबाट सोधीखोजी नगरिएको गुनासो उनको छ ।

उनकाअनुसार निर्वाचित भएर आएको पहिलो वर्ष वडामा ८१ लाख बजेट आएको थियो । ‘मलाई जानकारी नदिएर भत्ताको कागज छ भनेर हामी दुबै जनामहिला सदस्यसँग हास्ताक्षर गरायो,’उनले आरोप लगाउँदै भनिन्,‘तर, मैले पछि थाह पाएँ । त्यो पैसा सडक निर्माण् र डस्टबिन बाड्नको लागि आएको थियो ।’

श्रीमती जनप्रतिनिधि, चलाउँछन श्रीमान्

महोत्तरी बलवानगरपालिका ११ भगौतिपुरकी दलित महिला सदस्य रामदुलारी देवी वपासवान पहिलो पटक निर्वाचित छन् । नेकपा माओवादीकेन्द्रबाट निर्वाचित भएकी उनी पढेलेखेकी छैननन् । त्यसकारण उनले गर्ने सबै काम श्रीमानकै अनुसार गर्नु पर्ने उनलाई बाध्यता छ । ‘ पढेलेखेको हुन्थे भने मलाई आफ्नो अधिकार थाहा हुन्थ्यो । अनि म आफ्नो विवेक अनुसार निर्णय लिन सक्थे,’उनले भनिन्,‘म निरक्षर छु । त्यसैले म हरेक काममा आफ्नो श्रीमानको सहयोग लिने गरेकी छु ।’

स्थानीय तहको निर्वाचनबाट देशै भरि करिब सात हजार दलित महिला निर्वाचित छन् । वि. सं. २०६२÷२०६३ पछि गठन भएको अन्तरिम व्यवस्थापिका सदस्यको प्रतिनिधित्व भएको थियो । ती व्यवस्थापिका सदस्य मध्ये ६ जना दलित महिलाको सहभागिता थियो । त्यो संख्या वर्षैपिच्छे बढ्दै गइरहेको छ । र, यसलाई स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६ को उपदफा (२) मा गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिला अनिवार्य निर्वाचित हुनैपर्ने व्यवस्था छ ।

ऐनमा भएको यही व्यवस्थाको कारण स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व बढेको छ । उद्यपी सात सय ५३ स्थानीय सरकारमा एक जना पनि दलित महिला मेयर वा अध्यक्षको पदमा निर्वाचित भएका छैनन् । यसैगरी दलित महिलाकै कोटाबाट ६ हजार ६५४ जना दलित महिला वडा सदस्यका रूपमा निर्वाचित भएका छन् भने अन्य खुल्ला पदमा पनि केही दलित महिला निर्वाचित भएका छन् । यो नेपालको इतिहासमा नै पहिलो पटक यति ठूलो संख्यामा दलित महिलाको प्रतिनिधित्व भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!