Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीको २८५ करोड भारु भएको बैंक खाता फ्रिज गरिएपछि नेताहरूले आक्रोश व्यक्त गरेका छन् ।

आयकर विभागले पार्टीको मुख्य चार बैंक एकाउन्ट फ्रिज गरिदिएको कांग्रेस नेताहरूले जनाएका छन् । बिहीबार नयाँ दिल्लीमा भएको पत्रकार सम्मेलनमा कांग्रेस अध्यक्ष माल्लिकार्जुन खड्गेका साथै कांग्रेसकी पूर्वप्रमुख सोनिया गान्धी, पूर्वअध्यक्ष राहुल गान्धी र कोषाध्यक्ष अजय मानकले मोदी सरकारको आलोचना गरेका हुन् ।

खाता फ्रिज गरिएपछि आक्रोश व्यक्त गर्दै कांग्रेस शीर्ष नेताहरूले लोकतन्त्रको हत्या गर्ने केद्र सरकारको प्रयास भएको बताएका छन् । कांग्रेसकी पूर्वप्रमुख सोनिया गान्धीले यो कदमलाई लोकतन्त्रमाथि हमला भनेकी छन् । पूर्वअध्यक्ष राहुलले बैंक खाता फ्रिज गर्ने निर्णयलाई कांग्रेस र लोकतन्त्रविरुद्ध ‘आपराधिक कारबाही’ को संज्ञा दिएका छन् ।

उनले यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह जिम्मेवार रहेकोसमेत दाबी गरे । आर्थिक वर्ष २०१८–२०१९ को २१० करोडको आय कर र जरिवाना गरेर २१० करोड मागिएको छ । त्यसका लागि पार्टीको बैंक खाताबाट जबरजस्ती ११५ करोड लगिएको कोषाध्यक्ष अजय मानकले बताए । लोकसभा निर्वाचनको दुई महिना पहिले बैंक खाता रोक्का गरिएपछि कांग्रेस समस्यामा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!