समाजिक फीड
जनकपुरधाम, चैत्र ८ गते ।
सुनको मूल्यफेरी बढेको छ ।
आज सुन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी तोलामा १५२० रुपैयाँमा कारोबार भएको थियो ।